Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवी नगरपालिकाको डेंगु नियन्त्रणमा हाइ अर्लट

सुनसरी/ सुनसरी–मोरङका बिभिन्न स्थानहरुमा ५०० भन्दा बढी डेगुंका विरामीहरु देखापरेपछि दुहवी नगरपालिकाले उच्च सर्तकता अपनाउँन दुहवीका स्वास्थ्य चौकी, जनस्वास्थ्य र निजि स्वास्थ्य संस्थाहरुलाइ पत्राचार गरेको छ । आपतकालिन अवस्थाको व्यवस्थापनकोलागि हाइ अर्लटमा रहँन तथा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गरी राख्नुकासाथै कर्मचारीलाइ लामो विदामा न छोडन अनुरोध गरिएको छ ।
त्यसकासाथै यस क्षेत्रमा रहेका सामुदायिक तथा निजि विद्यालयमा गई डेगुं ज्वरोबाट बच्ने उपायहरु बारे कक्षा संचालन गर्न समेत अनुरोध गरिएको छ ।
दुहवी नगरपालिकाको डेंगु रोग सम्बन्धि सचेतनामूलक अन्तरक्रिया कार्यक्रम र डेंगु नियन्त्रणका लागि दुहवी नगरपालिका भित्र मालाथिन फगी स्प्रे(औषधि) छिट्न सुरु भइसकेको समेत जानकारी दिएको छ ।
हाल डेंगु प्रकोपको रुपमा फैलिएकाले दुहवीमा यस्तो नहोस् भनेर सुरुदेखिनै डेंगु नियन्त्रणकालागि स्थानिय संचार माध्यम र स्वास्थ्य संस्था मार्फत सचेतना अभियानकासाथै पर्चा पम्पलेट र जनतेतनामूलक माइकिङ समेत गर्न थालिएको जनाइएको छ ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्