Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमै भेटियो ५५० रोपनी जग्गामा गाँजा खेती

काठमाडौं : पछिल्लो समयमा राजधानीमै गाँजा खेती हुने गरेको पाइएको छ ।

राजधानीको तारकेश्वर तारकेश्वर नगरपालिका-१ कुन्चीपखलमा ५५० रोपनी जग्गामा गाँजा खेती हुने गरेको पाइएको हो । उक्त अवैध गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी बाल नरसिंह राणाको कमाण्डमा खटिएको टोलीले उक्त जग्गामा लगाइएको गाँजा फडानी गरेको जनाइएको छ ।

समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५५० रोपनीमा लगाइएको गाँजा खेती तारकेश्वर नगरपालिका वडा नम्बर १ र प्रहरीको संयुक्त टोलीले फडानी गरेको वृत्तका प्रमुख राणाले जानकारी दिए ।

प्रकाशित मिति: Jun 15, 2019

प्रतिक्रिया दिनुहोस्