Logo
२८ बैशाख २०८१, शुक्रबार
(June 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यी नायिकाले हालिन् आफ्नै पिताविरुद्ध मुद्दा

मुम्बई :  ऋतिक रोशनसँग फिल्म ‘कहो ना प्यार हे’ मार्फत् बलिउडमा डेब्यू गर्ने नायिका अमिषा पटेल आज आफ्नो ४३ औं जन्मदिन मनाइरहेकी छिन् । गुजराती परिवारमा जन्मेकी अमिषाले सन्नी देओलसँग ‘गदर एक प्रेमकथा’ जस्ता सुपरहिट फिल्ममा पनि काम गरेकी छिन् । उक्त फिल्ममा अमिषाको भूमिकाको निकै तारिफ गरिएको थियो ।

सन् २००२ मा फिल्म ‘हमराज’ मा काम गरेपछि अमिषा आफ्नो करियरको शीर्ष स्थानमा पुगेकी थिइन् । त्यसपछि उनी ‘भुलभुलैया’, ‘रेस-थ्री’ जस्ता फिल्ममा पनि देखिइन् ।

अमिषा पटेल विवादमा पनि छाइरहन्छिन् । उनी परिवार र आमा-बुवाबाट अलग बस्छिन् । यसबाहेक अमिषा पटेलको परिवारसँग विवाद र कानूनी लडाईंको कुरा पनि सार्वजनिक भइरहन्छन् । अमिषाले आफ्नो पितामाथि १२ करोड भारुको हिनामिनाको पनि आरोप लगाएकी थिइन् । यो मामला पुलिससम्म पुगेको थियो ।

अमिषाको नाम बलिउडको शिक्षित नायिकामा सुचिकृत छ । अमिषाले पाँच वर्षको उमेरमा नै भरतनाट्यममा निपुण भएकी थिइन् । अमिषालाई फिल्म अभिनेता संजय दत्त र मान्यता दत्तको परिवारसँग नजिक मानिन्छ ।

आजकाल अमिषा पटेलको करियर निकै तनावग्रस्त छ र उनी बलिउडमा फर्कन संघर्ष गरिरहेकी छिन् । अमिषाले तेलुगु र तमिल फिल्ममा पनि काम गर्न सुरु गरेकी छिन् । यद्यपि, उनले त्यसमा पनि सोचेको सफलता हासिल गर्न सकेकी छैनन् ।

प्रकाशित मिति: Jun 9, 2019

प्रतिक्रिया दिनुहोस्