Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ का एक गाउँपालिका कार्यालय सहयोगी कुटिएपछि स्थानीय तह ठप्प, कर्मचारी आन्दोलनमा

प्रदेश २ स्थित एक गाउपालिका कार्यालयको कार्यालय सहयोगीलाई कुटपिट गरी घाइते बनाएको बिरोधमा कर्मचारीहरु कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्।

रक्सी सेवन गरेर स्थानीय तीन जना युवाले आइतबार पर्साको जिरा भवानी गाउपालिकाका कार्यालय सहयोगी श्ररिाम पटेललाई कुटपिट गरेको भन्दै गाउँपालिकामा रहेको पाँचवटै वडा कार्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन।

स्थानीय तीनजना युवक अशोक दास, राजेश थारु र सञ्जु महतोले हिजो रक्सी सेवन गरेर गाउपालिकाका कार्यालय सहयोगी श्रीराम पटेललाई कुटपिट गरी घाइते बनाएका थिए।

कार्यालय सहयोगी पटेललाई कार्यालयबाट घर फर्किनेक्रममा आइतबार साँझ साढे ५ बजेको समयमा गाउपालिकाको वडा नम्बर ४ सुपौली टोलमा ३ जना युवकले रक्सी सेवन गरेर कुटटि गरि घाईते बनाएका थिए।

मोटरसाईकलमा सवार भई आएका तीनैजना युवकले बाटो काटनेक्रममा कार्यालय सहयोगी पटेलसित बादबिाद गरि हेल्मेटले टाउकोमा हिर्काई घाईते बनाएको जिरा भवानी गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिए।

‘पटेल कार्यालयबाट घर फर्किदै थिए साँझ,त्यहीक्रममा युवकहरुसँग बिबाद भयो’, गिरीले भने,‘त्यसपछि ती युवकहरुले हेल्मेटबाट कार्यालय सहयोगी पटेलको टाउकोमा हिर्काएर टाउको फुटाएका छन।’

कुटपिटबाट घाईते भएका कार्यालय सहयोगी पटेललाई उपचारको लागि नेशनल मेडिकल कलेज बिरगञ्जमा भर्ना गराइएको गिरीले बताए। कुटपिटमा सँलगन तीनै जना युवकलाई ईलाका प्रहरी कार्यालउ पटेर्वा सुगौलीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्