Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बर्षाको बोल्ड पहिरनले मच्चायो सामाजिक संजालमा हंगामा (तस्बिरहरु)

काठमाडौँ :  नेपाली सिनेमा क्षेत्रमा कुनै समय फेसन सेन्स नभएको भन्दै खुबै आलोचना भोग्दै आएकी नायिका हुन बर्षा राउत । मोटो बजनकै कारण पनि आलोचित भएकी बर्षाले पछि आफनो अभिनय र राम्रा राम्रा फिल्महरुको कारण दर्शकहरुको मन जित्दै गईन् ।

यसबीचमा उनले राम्रो शुभेच्क्षुक र फ्यानहरु बढाएकीछिन् । कुनै समय फेसन सेन्सकै कारण आलोचित बनेकी बर्षा अब भने पहिरनकै कारण चर्चामा समेत आउन थालेकीछिन् ।

हाल रिलिज भईरहेको फिल्म जात्रै जात्राको सफलताले दंग परेकी बर्षाले अष्ट्रेलियामा भएको शोको दौरान लगाएको पहिरनले उनी आलोचित पनि बनिरहेकीछिन् भने ट्रोलको सिकार बनेकीछिन् । प्राय: सिम्पल पहिरन र भुमिकामा रुचाईएकी बर्षाले उक्त शोको दौरान लगाएको पहिरनको कारण उनलाई बिवाह भन्दा बिवाहपछि झन बोल्ड बनेको भन्दै ट्रोल बनाईरहेकीछिन् । उनको सोही पहिरनलाई लिएर डबल मिनिङ शब्द प्रयोग गरिएका ट्रोलहरु बनिरहेका छन् ।

हुनत बर्षा ट्रोल भएको पहिलो पटक भने होईन तर पहिरनकै कारण ट्रोल भएको भने पहिलो पटक नै हो । प्राय कलाकारहरु लाइमलाईटमा आउँन बोल्ड अनि हट पहिरनको साहयता लिने गर्छन् र विभिन्न स्क्यान्डल मच्चाउँने गर्छन् किनकी त्यसपछि मिडियाले राम्रै कभरेज गर्छ तर बर्षा आफैमा पनि लोकप्रिय नायिका हुन उनलाई चर्चामा आउँनकै लागि यस्तो पहिरनको आवश्यकता सायदै पर्दैन ।

समाजिक संजालमा बर्षाको पहिरनलाई लिएर एकाएक भाईरल भएको छ । उनका सुभचिन्तक र समर्थकले पहिरनमा कुनै समस्या नभएको तर बर्षलाई तेति नसुहाएको उनका समर्थकले लेखेका भेटिन्छन भने उनको पहिरनलाई लिएर आलोचना गर्ने हरुको सङ्ख्यापनि उत्तिकै छ । सायद एउटा यो कारण पनि होला बर्ष सधै सिम्पल ड्रेसअपमा देखिने भएका कारण पनि एउटा यो पहिरन अल भद्दा भएको जस्तो ठान्ने पनि कतिपयको प्रतिक्रिया छन ।

तर एक नायिकाको पहिरनलाई लिएर आउने आलोचना र प्रक्तिक्रिया भने नौला होईनन् । एक नायिकको पनि निजि जिन्दगी हुन्छ त्यसैले यसमा धेरै ट्रोल र आलोचना गर्नु तेति सान्दर्भिक नहोला ।

प्रकाशित मिति: Jun 3, 2019

प्रतिक्रिया दिनुहोस्