Logo
१४ बैशाख २०८१, शुक्रबार
(June 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वर्षाका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन : नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ । शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा आएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई-तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ । सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे सो सडकखण्डको जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो ।

#सांकेतिक तस्विर

 

प्रकाशित मिति: Jun 2, 2019

प्रतिक्रिया दिनुहोस्