Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

के अञ्जली अधिकारी बन्ने भइन् “प्रेमगीत ३”मा प्रदिपकी नायिका ?

काठमाडौँ : म्युजिक भिडियोको दुनियाँमा चर्चित नाम हो अञ्जली अधिकारी । लोकगीत संगै आधुनिक गीतहरुको भिडियोमा समेत दर्शकहरुले निकै रुचाईकी अञ्जलीको पर्दाको करियर बोल माया गीतले रातारात माथि पुर्याईदियो । “बोल माया” पछि नै उनले अफरमाथि अफर पाएकी हुन् ।

फिल्ममा समेत आईटम डान्स गरिसकेकी उनै अञ्जली यतिबेला प्रेम गीत ३ लाई लिएर चर्चामा आएकीछिन् । प्रदिप खड्काको मुख्य अभिनय रहने यस फिल्मका लागि नायिकाहरुको अडिसन भएको थियो । जसमा २५ जना छनौट भए । उक्त लिस्टमा अञ्जली पनि परेपछि उनी थप चर्चामा आएकी हुन् ।

अब यी २५ जनाबाट नायिकाको रुपमा छनौट हुनेछन् तर अडिसन नै नभईकन प्रेम गीत ३ मा अञ्जली पक्का भईसकेको चर्चा सुरु भएको छ । तर फिल्मका निर्माता सन्तोष सेनले भने यस चर्चाको खण्डन गरे । उनले अडिसन गरेर मात्र नायिका छनौट हुने बताएका छन् ।

यता अञ्जलीको लोकप्रियता देखिएको कुरा नै हो । चर्चित भन्दा चर्चित गीतहरुमा अभिनय गरिसकेकी उनको नयाँ गीत गलवन्दी निकै चर्चामा रहेको छ । प्रदिप खड्काको डाइहार्ट फ्यान समेत रहेकी अञ्जली यदि फिल्मका लागि छनौट भईन् भने सम्भवत उनको खुसीको कुनै ठेगान नै हुँदैन होला होईन त ?

प्रकाशित मिति: May 29, 2019

प्रतिक्रिया दिनुहोस्