Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संवेदनशील विषयमा प्रतिकूल हुने गरी ल्याएका विधेयक फिर्ता नभए सडक आन्दोलनमा जान्छौँ’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको प्रावधानलाई कुल्चिने गरी सरकारले ल्याएका कुनै पनि विधेयक संसदबाट अघि बढाउन नदिने चेतावनी दिएका छन् ।

खाँणले सरकारले संसदमा पेश गरेको प्रेस स्वतन्त्रता, मानव अधिकार र राष्ट्रिय सुरक्षाजस्तो संवेदनशील विषयमा प्रतिकूल हुने गरी ल्याएका विधेयक संसदबाट फिर्ता गर्नुपर्ने बताएका हुन । उनले विधेयक फिर्ता नभए सडक आन्दोलनमा जान आफ्नो पार्टी बाध्य हुने चेतावनी दिए ।

पार्टीको राष्ट्रिय जागरण अभियान अन्तरगत आइतबार काठमाडौंमा आयोजित उनले संविधानको रक्षा गर्न नेपाली कांग्रेसलाई प्रधानमन्त्री केपी ओली आफैँले सडकमा जान बाध्य बनाएको दाबी गरे । प्रमुख सचेतक खाँणले प्रधानमन्त्री ओलीले संसद र जनप्रतिनिधिहरूको अपहेलना गरिरहेको उल्लेख गर्दै त्यसका विरुद्ध आफ्नो पार्टी दृढतापूर्वक उभिन लागेको बताए ।

दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओली विनम्र हुनु पर्नेमा संसद र जनप्रतिनिधिहरूप्रति अनुदार हुँदै गएकाले विरोध गर्नु परेको खाँणको भनाइ थियो ।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्