Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्वोच्च सहित आज देशभरका अदालत बन्द

काठमाडौँ : पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार मुलुकभरका अदालत बन्द गरिने भएको छ।

शनिबार अन्त्येष्टि गरिएका खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले जानकारी दिए ।

खत्रीको अवसानले मुलुकको न्याय, कानुन र मानवअधिकारको क्षेत्रमा अपूरणीय क्षति पुगेको निरौलाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

खत्रीको उपचारका क्रममा ललितपुरस्थित मेडीसिटी अस्पतालमा बुधबार निधन भएको थियो।

प्रकाशित मिति: May 26, 2019

प्रतिक्रिया दिनुहोस्