Logo
१५ बैशाख २०८१, शनिबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाँचौ नम्बरमा ब्याटिङ् गर्न धोनीलाई सचिनको सल्लाह

नयाँ दिल्ली :  विश्वकप क्रिकेटका लागि भारतीय क्रिकेट टोली ईङ्ल्याण्ड पुगिसकेको भएपनि उसको चौथो नम्बरमा कसले ब्याटिङ गर्छ भन्ने चर्चा अझै सकिएको छैन। यसै चर्चाकाबीच सचिन तेन्तुलकरले पनि चौथो नम्बरको ब्याट्सम्यानलाई लिएर आफ्नो राय दिएका छन्।

एक अखबारलाई दिएको अन्तरवार्तामा उनले यससँगै वर्तमान भारतीय क्रिकेट टोलीको अवस्था, बायाँ हाते ब्याट्सम्यान, ब्याटिङ्को क्रम तथा महेन्द्र सिंह धोनीको ब्याटिङ क्रममा बारेमा आफ्नो धारणा राखेका थिए। चौथो नम्बरको ब्याटस्म्यानको बारेमा सचिनले भारतका जुन कुनै खेलाडी त्यसका लागि योग्य भएको बताएका छन्।

‘हुन त यस बारेमा धेरै कुरा भइसक्यो तर टोलीमा उत्कृष्ट ब्याटरहरू छन् भने उनीहरूले कुनै पनि क्रममा आफूलाई ढाल्न सक्ने क्षमता राख्छन् जस्तो मलाई लाग्छ। हाम्रो टोलीमा पनि यस्ता खेलाडी छन्, जो जुनकुनै क्रममा भनियो भने त्यसमा खेल्न सक्छन्’, सचिनले भने।
यसैगरी सचिनले सो क्रममा धोनीले ४ नम्बरमा नभइ पाँचौ नम्बरमा ब्याटिङ गर्नुपर्ने धारणा राखे। ‘मलाई लाग्छ धोनीले पाँचौ नम्बरमा ब्याटिङ गर्नुपर्छ’, सचिनले भने।

केहि समय पहिले रोहित शर्माले धोनीले चारौं नम्बरमा ब्याटिङ् गर्नुपर्ने बताएका थिए। सचिनले रोहित र धवनले ओपनिङ गरे भने विराट तेश्रो नम्बरमा आउनुपर्ने बताउँदै चौथोमा अरू कोही आए धोनीलाई पाँचौ नम्बरमा आउनुपर्ने बताए। यस्तै उनले हार्दिकले छैटौं नम्बरमा ल्याउनुपर्ने उनको सुझाव छ।

यसैगरी सचिनले यस विश्वकपको फाइनलमा भारत, ईङ्ल्याण्ड तथा अष्ट्रेलिया पुग्ने बताउँदै फाइनलमा चौथो टोलीका रूपमा न्यूजल्याण्ड वा पाकिस्तानमध्ये एक पुग्ने बताए ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्