Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदीको भाउमा वृद्धि

काठमाडौँ :  साताको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँ बढेको छ । आज छापावाल सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघ नेपालका हिजो छापावाल सुन तोलाको ५९ हजार २०० सय रहेको थियो । त्यस्तै आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ५८ हजार ९ सयमा कारोबार भइरहेको तेजावी सुन पनि आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।

त्यस्तै, हिजो तोलाको ७ सयमा कारोबार भइरहेको चाँदी आज प्रतितोला ७ सय १० रुपैयाँ पुगेको छ । आज चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: May 24, 2019

प्रतिक्रिया दिनुहोस्