Logo
१५ बैशाख २०८१, शनिबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर : टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो मोरङको सुन्दरहरैंचा नगरपालिका–१० स्थित खोर्साने–केराबारी सडक खण्डमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो।

उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले विपरित दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक केराबारी गाउँपालिका–९ का ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर र चालक धनुषा पुस्कलपुरका ३१ वर्षीय राजकुमार मगरलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्