Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जान्नुहोस् : भान्टाको अचुक फाइदा, गर्छ यी रोगहरु जरैबाट निको

काठमाडौँ : के तपाईलाई भान्टाको तरकारी मन पर्छ ? यदि मन पदैँन भने पनि खानुहोस् । किनकी भान्टा मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो । भान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम लगायतका तत्व पाइन्छन् ।

भान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ । भान्टामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले शरीरको पाचनप्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलेस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ ।

भान्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ । भान्टामा एन्थोसाइनिन, प्रोभोनाइटजस्ता अवयव हुने भएकाले तरकारीमा पनि विशेष रङ उत्पन्न गर्छ ।

नियमित सेवनले मधुमेह, मुटुरोग, शरीरमा बोसो लाग्नेजस्ता स्वास्थ्य समस्याको जोखिमसमेत न्यूनीकरण गर्छ । यसमा पाइने भिटामीन बि-६, सी, पोटासियम, वनस्पतिजन्य पोषक तत्वले मुटुजन्य स्वास्थ्य समस्यालाई कम गर्छ ।

फ्याभोनाइड पनि अत्यधिक मात्रामा पाइने भान्टाले शरीरमा शक्तिशाली एन्टिअक्सिडेन्ट उत्पादन गर्छ । एन्थोसाएनिन, फ्योभोसाइडजस्ता तत्व पाइने भएकाले शरीरका रक्तनलीलाई तन्दुरुस्त राख्ने काम पनि गर्छ ।

भान्टा सेवनले ब्याड कोलेस्ट्रोललाई नियन्त्रण गर्ने भएकाले रक्तचापलाई पनि सन्तुलनमा राख्छ । भान्टामा पाइने पोटासियमले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न सहयोगी भूमिका खेल्छ । जसले शरीरमा सोडियमको असरलाई निष्क्रिय बनाई रक्तचाप नियन्त्रण गर्छ ।

खाने अनेक तरिका
यसलाई उमालेर, बाफीलो पारेर, तारेर, पिंधेर वा अचारलगायतका परिकार बनाएर प्रयोग गर्न सकिन्छ । यसलाई अन्य तरकारीमा मिसाएर प्रयोग गर्दा स्वादिष्ट मात्र हुँदैन अत्यन्तै स्वस्थवर्द्धक हुन्छ ।

भान्टाले पुर्याउने फाइदाहरु यस प्रकार छन् :

१. दिमागलाई स्वास्थ्य बनाउँछ :

भन्टामा पाइने फाइटोन्युट्रियन्टले दिमागको सेल मेम्ब्रेनलाई सम्भावित क्षतिबाट बचाउछ र सन्देशलाई एक ठाउबाट अर्को ठाउमा पुर्याउन सहयोग गर्छ । जसले गर्दा मानिसको स्मरणशक्ति पनि बढ्ने गर्छ ।

२. तौल नियन्त्रण :

भन्टामा क्यालोरी कम हुन्छ । यसले गर्दा हाम्रो शरीरमा अनावश्यक तौल बढ्दैन । यदि तपाईलाई आफ्नो तौल नियन्त्रण गर्नु छ भने भान्टा खाने गर्नुहोस तपाइलाई लाभ मिल्छ ।

३. मधुमेह नियन्त्रण :

यसमा पाइने फाइबरले हाम्रो ब्लड सुगरलाई नियन्त्रण गर्छ । त्यसैले मधुमेह रोगीले भान्टा खाने गरेमा मधुमेह नियन्त्रणमा आउने गर्छ । यसले ग्लुकोजको मात्रालाई नियन्त्रण गर्छ ।

४. मुटुरोग लाग्नबाट बचाउँछ :

भन्टाको नियमित सेवनले कोलेस्टेरोलको तहलाई घटाउन सहयोग गर्छ । यसका साथै रक्तचापलाई स्थिर गर्न मद्धत गर्ने भएकाले मुटुको रोग लाग्ने सम्भावनाकम गर्छ । यसमापाइने पोटासियमका कारण शरीरलाई हाइड्रेट राख्छ ।

५. पाचनप्रक्रियामा सहयोग गर्छ :

यसमा पाइने फाइबरले पाचन प्रणालीलाई स्वस्थ राख्छ । यसबाट कब्जियत रोकथाम हुनुकासाथै कोलोन क्यान्सरको सम्भावनालाई पर राख्छ ।

६. धुम्रपान हटाउँछ :

भान्टामा अलिकति मात्रामा निकोटिन पाइन्छ । यसले गर्दा हरेक दिन भान्टा खाने गरेमा धुम्रपानको लत हट्न मद्धत पुग्छ ।

प्रकाशित मिति: May 23, 2019

प्रतिक्रिया दिनुहोस्