Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेमेष्ट्रर प्रणालीलाई आधुनिक, गुणस्तरीय र विश्वस्तरीय बनाउन यस्तो गर्दै त्रिवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालनमा रहेको सेमेष्ट्रर प्रणालीलाई आधुनिक,गुणस्तरीय एवं विश्वस्तरीय बनाउने भएको छ । त्यसका लागि विश्वविद्यालयले विद्यार्थी केन्द्रीत शैक्षिक प्रणाली निर्माण गर्ने विषयमा विज्ञहरुसँग छलफल गरेको छ ।

विदेशका विभिन्न विश्वविद्यालयमा संलग्न नेपालीहरुको प्रस्तुती समेत रहेको उक्त २ दिने कार्यशालामा सेमेष्टर प्रणालीमा कक्षा सञ्चालन गरिरहेका उपत्यका बाहिरका १६ वटा आंगिक क्याम्पसबाट ३२ जना र उपत्यकाका विभिन्न आंगिक क्याम्पसहरु समेत गरी ८० जना सहभागि थिए ।

नगरकोटमा भएको उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा तीर्थराज खनियाले सेमेष्टर प्रणालीको कार्यान्वयनबाट विश्वविद्यालय पछि हट्न नसक्ने भन्दै विद्यार्थीको मूल्यांकन प्रक्रियामा लचिलो बन्न प्राध्यापकहरुलाई आग्रह गरे ।

उनले भने, ‘शिक्षकले जानेको ज्ञान मात्रै अन्तिम ज्ञान हैन, विश्वव्यापी भुमण्डलीकरणका कारण सिक्ने र सिकाउने प्रणालीमा परिवर्तन आएको छु उनले भने ‘सेमेष्टर प्रणालीलाई थप व्यवस्थित एवं सृदृढ बनाउदै लैजाउनुपर्ने छ त्यसैले मुल्यांकन सेमेष्टर प्रणालीको महत्वपूर्ण पक्ष र नेपालको सन्र्दभमा चुनौती समेत रहेकोले यसका विविध आयामहरुलाई आंकलन गर्न जरुरी छ ।’

शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले सेमेष्टर प्रणालीले विद्यार्थीहरुलाई उत्प्रेरित र शिक्षकहरुलाई जिम्मेवार बनाउने बताउँदै विद्यार्थीलाई निष्कृय हुनबाट जोगाउन देशभरीनै सेमेष्टर प्रणाली अनुरुप शैक्षिक क्रियाकलाप अघि वढाउनुपर्ने उल्लेख गरिन् ।

रजिष्टार डिल्लीराम उप्रेतीले शिक्षण विधिमा भएको विश्वव्यापी परिवर्तनलाई आत्मसाथ गर्दै सूचना तथा प्रविधिको प्रयोगबाट कक्षा कोठामा सिकाइको वातावरण निर्माण गर्नुपर्ने बताए । वुझाइमा एकरुपता नहुँदा परम्परागत मुल्यांकल प्रणाली कायमै रहेकोले परीक्षा सञ्चालनमा क्याम्पस र विभागहरुलाई समेत संलग्न गराउनुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा अमेरिकाको स्टोनी बु्रक्स विश्वविद्यालयका सह प्राध्यापक घनश्याम शर्मा र अमेरिकाकै मोग्रन विश्वविद्यालयमा प्राध्यापक गर्दै आएका कृष्ण विष्टले सेमेष्टर प्रणालीको अन्तराष्ट्रिय अनुभव र नेपालले सिक्नुपर्ने विषयका बारेमा उल्लेख गरेका थिए ।

कार्यक्रममा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा रामप्रसाद खतिवडा, कानुन संकायका डीन,प्रा.डा विजय सिजापती, मानविकी तथा सामाजिक शास्त्र संकायका डीन, प्रा.डा शिवलाल भुषाल,शिक्षाशास्त्र संकायका डीन प्रा.डा कृष्णप्रसाद गौतमले त्रिभुवन विश्वविद्यालयमा सेमेष्टर सञ्चालनको अवस्थाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सेमेष्टरको पृष्ठभूमि,उद्देश्य र आगामी दिनमा लिने कोर्षकाका सन्र्दभमा छलफल भएको थियो ।

प्रकाशित मिति: May 22, 2019

प्रतिक्रिया दिनुहोस्