Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षाकर्मी र डाक्टरसहितको टोली लिएर घटनास्थल जाँदैछौँ : प्रजिअ-पाँचथर

प्रदेश नम्बर १ स्थित दुई परिवारका ९ जनाको ज्यान जाने गरि पाँचथरमा भएको मिक्लाजुङमा भएको हत्याकाण्डको छानबिनका लागि आफूहरु प्रतिबद्ध रहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताएका छन् ।

आफू डाक्टरसहितको टोली लिएर घटनास्थल जाने तयारी रहेको प्रमुख जिल्ला अधिकारी वस्तीले जानकारी दिएका छन् । अहिले घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको र डिएसपी नरेन्द्र कुँवरसहितको टोली जाँदै गरेको उनले जानकारी दिए ।

उनले भने, ‘घटनाको कारण खुलेको छैन । तर परिवार नै सखाप पार्ने गरि भएको हत्याकाण्ड सानोतिनो होइन । यसको कारण पत्ता लगाई दोषीलाई कारवाही गर्न प्रतिबद्ध छौँ ।’

प्रकाशित मिति: May 21, 2019

प्रतिक्रिया दिनुहोस्