Logo
१५ बैशाख २०८१, शनिबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ताजिकिस्तानको जेलमा पुन: झडप, मृत्यु हुनेको संख्या ३२ पुग्यो

ताजिकिस्तान :  ताजिकिस्तानको जेलमा झडप हुँदा ३२ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार ताजिकिस्तानको बख्दतस्थित जेलमा भएको झडपमा परि ३२ जनाको मृत्यु भएको हो ।

मृतकहरुमा ३ सुरक्षा गार्ड र बाँकी सबै कैदीहरु रहेका छन् । झडपको सुरुवात आतंककारी संगठन इस्लामिक स्टेटका युवकहरुले गरेका थिए । आईतबार राती भएको उक्त भिडन्तमा आइएसका आतंककारीहरुले आफनो साथमा रहेको चक्कुले ३ सुरक्षा गार्ड र ५ कैदीहरुको हत्या गरे ।

त्यसपछि झडप यसरी बढ्यो की सुरक्षाकर्मीहरुले गोली चलाउँन बाध्य भए । सुरक्षाकर्मीहरुको गोली लागेर २४ कैदीहरुको ज्यान गएको हो । राजधानी दुशांबेबाट १० किलो मिटर टाढा रहेको यो जेल अति सुरक्षाको दृष्टीकोणले पनि अति सुरक्षित मानिथ्यो ।

त्यसो त यसअघि पनि ताजिकिस्तानकै जेलमा पनि यस्तै झडप भएको थियो जसको जिम्मेवारी आइएसले नै लिएको थियो ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्