Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘रातो टीका निधारमा’को अफिसियल घोषणा, नायिकाका रुपमा देखिनेछिन् साम्राज्ञी

काठमाडौं :  नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल घोषणा गरिएको छ । आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र ‘रातो टीका निधारमा’को अफिसियल घोषणा गरिएको हो ।

चलचित्रमा नायिकाका रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह अनुबन्ध भएकी छिन् । उनी १६ लाख पारिश्रमिकमा अनुबन्ध भएकी हुन् । साम्राज्ञीको अपोजिटमा अंकित शर्मा छन् । अंकित अशोक शर्माका छोरा हुन् । यही चलचित्र मार्फत उनी नेपाली रजतपटमा डेब्यू गर्न लागेका हुन् । चलचित्रलाई अशोक शर्माले निर्देशन गर्दैछन् ।

यसअघि उनले दसैंको फुलपातीमा रिलिज भएको चलचित्र ‘जय भोले’ १२ वर्ष पछि निर्देशन गरेका थिए ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्