Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

लिवियामा फसेका १५ नेपालीको गरियो सकुशल उद्धार

लिविया :  रोजगारीको प्रलोभनमा अवैध रुपमा लिविया पुगेका १५ नेपालीको उद्धार गरिएको छ । जबरजस्ती काममा लगाएको र पासपोर्ट पनि नदिएर लिवियामै फसेका ति नेपालीलाई ट्रिपोलीबाट उद्धार गरेर अन्तराष्ट्रिय श्रम संगठन (आइओएम) मा राखिएको जनाइएको छ ।

उद्धार गरिएकाहरूमा प्रकाश विश्वकर्मा, भुवन आचार्य, पूर्णबहादुर गुरुङ, अमृत गुरुङ, सनम विश्वकर्मा, कृष्ण कोइराला, राजु विश्वकर्मा, बुद्धिबहादुर क्षेत्री अधिकारी, गुप्तबहादुर बिक, मनोहर कार्की, राजु विष्ट, जयराम धामी, गणेश थापा मगर, अजयकुमार चौधरी र शेखर खरेल रहेको कायरोस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार आइओएमले नै नेपाल फर्काउने भएको छ ।

प्रकाशित मिति: May 20, 2019

प्रतिक्रिया दिनुहोस्