Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जङ्गलमा लागेको भीषण डढेलो अझै रोकिएन

एजेन्सी : चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै रोकिएको छैन ।

यो आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकहरुले संघर्ष गरिरहेका जनाइएको छ । स्थानीय समयाअनुसार बुधबार बिहान ९ बजेबाट डढेलोको नियन्त्रणका लागि करिब २ हजार व्यक्ति र तीन ओटा हेलिकोप्टर परिचालन गरिएको छ । तर आगलागीको मात्रा घटेको छैन ।

कुङ्मिङ् प्रान्तमा अवस्थित जङ्गलमा आगो फैलिइरहेको र त्यसलाई कम गर्न नसकिएकोे आगलागी नियन्त्रण केन्द्रको प्रान्तीय विभागले जानकारी दिएको छ । आगोले के कति जङ्गल सखाप पार्यो भन्ने बारेको समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन ।

आगोको लप्काले निकै परसम्म नै प्रभाव पारिरहेकोले नियन्त्रणका लागि प्रभावकारी पहल गर्न नसकिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति: May 15, 2019

प्रतिक्रिया दिनुहोस्