Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आजदेखि सुरु भएको कक्षा ११ को परीक्षामा ५ लाख परीक्षार्थी सहभागी

काठमाडौं : आज (आइतबार)देखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु हुने परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ५ लाख ८ हजार ४९४ परीक्षार्थी सहभागी भएका छन् ।

आइतबारबाट सञ्चालित परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहेको परीक्षा बोर्डले जनाएको छ ।

वैशाख २९ बाट सञ्चालन गरिएको परीक्षा जेठ आठ गते सम्पन्न हुनेछ । गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्नपत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा उक्त त्रुटि नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्र सुरक्षाका लागि सिसिक्यामेरा जडान गरेको छ ।

वैशाख १४ गतेदेखि सञ्चालन गरिएको कक्षा १२ को परीक्षा भने वैशाख २६ गते सम्पन्न भएको छ । परीक्षामा ४ लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएका थिए।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्