Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाकाहारी मासु ‘च्याउ ‘को हेर्नुहोस् फाइदैफाइदा

काठमाडौँ :  तरकारीको कुरा गर्ने हो भने च्याउ लोकप्रिय तरकारी हो । प्रायः यो सबैलाई मन पर्छ । यसमा अरू तरकारीको तुलनामा यसमा अलि बढी नै पोषक तत्व पाइन्छ ।

यसमा ‘लाइसिन’ नामक ‘अमीनो अम्ल’ अधिक मात्रामा हुन्छ । यो अमिनो अम्लले मान्छेको सन्तुलित भोजनको लागि आवश्यक हुन्छ । च्याउमा भएको ‘एन्टी अक्सीडेट’ ले हामीलाई ‘फ्रि रेडिकल्स’ बाट बचाउँछ । यो एक प्राकृतिक एन्टिबायोटिक हो, जुन माइक्रोवियल र अन्य फंगल संक्रमणबाट जोगाउँछ ।

यस्ता छन् यसका फाइदा :

१. यसले ब्लड प्रेसर जस्तो समस्यालाई नियन्त्रण गर्न मदत गर्छ । जो यो समस्याबाट पीडित छन् उनीहरूका लागि च्याउ अति प्रभावकारी हुन्छ ।

२. यसमा कार्बोहाइडे«टको मात्रा पर्याप्त हुने हुनाले यसले कब्जियत, अपच, अति अम्लियता जस्ता पेटसँग सम्बन्धित विकारलाई हटाउन मदत गर्छ । यसका साथै यसले कोलेस्ट्रोललाई कम गर्छ ।

३. यसले शरीरमा इन्सुलिनको निर्माण गर्छ । च्याउले डायबिटिजका रोगीलाई चाहिने सबै कुरा पाइन्छ । यसमा भिटामिन, मिनरल र फाइबर पाइन्छ । त्यसैगरी यसमा चिल्लो, कार्बोहाइड्रेट र सुगर हुँदैन, जुन डायबिटिजका रोगीका हानीकारक हुन्छ ।

४. यसमा लीन प्रोटिन पाइन्छ जसले तौल घटाउनमा मदत गर्छ ।

५. च्याउमा सोडियम साल्ट हुँदैन यसले गर्दा मोटोपन लगायत हृदयघातका बिरामीहरूका लागि महत्वपूर्ण आहार हो ।

६. यसले रगतमा होमोग्लोबिनलाई सन्तुलित बनाइराख्छ ।

प्रकाशित मिति: May 12, 2019

प्रतिक्रिया दिनुहोस्