Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अझै पनि पुल नहुँदा जोखिमपूर्ण यात्रा, यातायात व्यवसायीको जथाभावीले थप जोखिम 

देश संघीयतामा गएर गाँउ गाँउमा सिंहदरवार पुगेपनि अझै पनि पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीयहरु बाध्य भएका छन् । जाजरकोट नलगाड नगरपालिका -१० स्थित ताँसुगाड खोलामा पुल नहुँदा हिउँदेयाममा जोखिम मोलेर यातयातका साधन आवतजावत गरिन्छ भने बर्खायाममा पुरै थप्प गरिन्छ । तस्बिर हेमन्त केसी/जाजरकोट

तिमाङखोलाको पुलको पनि हालत उस्तै 

क्याराभान कन्सल्टेन्सीले समयमै मनाङको तिमाङखोलामा पुल निर्माण नगर्दा जोखिम मोलेर अस्थायी काठे पुलबाट यातायातका साधन र स्थानीयवासी आवतजावत गर्न बाध्य छन । तस्बिरः नवीन लामिछाने/मनाङ

यातायात व्यवसायीको जथाभावीले थप जोखिम 

जाजरकोट–डोल्पा सडक खण्डअन्तरर्गत रुकुमको आठविकासट नगरपालिकाको अनाहदेखि करवगाड सम्म चल्ने जिपमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटना बढेको छ । बीचमा प्रहरी चौकी नहुँदा यातायात व्यवसायीले जथाभावी गरेर जोखिम निम्त्याएका छन । तस्वीर : हेमन्त केसी/जाजरकोट

 

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्