Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय लोकसभा निर्वाचन : सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रमा उच्च सतर्कता

नवलपरासी : भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल-भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ ।

नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको हो । पश्चिम नवलपरासीका सिमाना ठुठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा तथा पूर्वी नवलपरासीको त्रिवेणी नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

विशेष गरी भारतबाट नेपाल प्रवेश गर्ने सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा चेकजाँच कडा बनाइएको छ । भारतको विहार प्रदेशमा मे १२ अर्थात यही वैशाख २९ गते र भारतको उत्तर प्रदेशमा मे १९ अर्थात् जेठ ५ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति: May 11, 2019

प्रतिक्रिया दिनुहोस्