Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ढकिया साग टिप्न जादा १५ वर्षीय बालिकामाथी सामुहिक बलात्कारको प्रयास

सुनसरीको दुहवीमा १५ वर्षिय बालिकामाथि सामुहिक बलात्कारको प्रयास भएको पिडीतले आरोप लगाएको छ । दुहवी घर भएकी नाम परिवर्तन गरिएको पिडित बालिकाकी आमा पुजा ऋषिदेवले सामुहिक बलात्कारको प्रयास भएको भनि इलाका प्रहरी कार्यालय दुहवीमा जाहेरी दिएकी छिन ।

दुहवी १ प्राष्टोकी बस्ने जिवन चौधरी लगायत १० जनाको समुहमा आएकाहरुले सामुहिक बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख छ । गत सोमवार ४ बजे बेलुकी दुहवी नगरपालिका वडा नम्वर २ पचिराको खेतवारीमा ढकीया साग टिप्न जाँदा जिवन चौधरी लगायत १० जनाको समुहले मुख च्यापी सुनसान वाँसको झारीमा घिर्सादै लगेर बलात्कारको प्रयास गरेको जाहेरीमा उल्लेख छ ।

बालिकाले भनिन जिवन चौधरीले मुख च्यापेर सुनसान ठाउँमा लगेपछि आफुले हारगुहार गरेर चिच्याएपछि मुडकी हानेर कुटपिट गर्दा होहल्ला सुनेर गाउँका मानिसहरु आएपछि उनिहरु भाग्न सफल भएको बताइन ।

हाल पिडित बालिकाको जिवन ज्योती स्वास्थ्य सेवा प्राली दुहवीमा उपचार भइरहेको छ । सो घटनाको बिषयमा इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक रामनारायण माझीसँग बुझ्दा अनुसन्धान गर्ने क्रममा ६ जना यूवाहरुलाइ पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन ।

प्रकाशित मिति: May 8, 2019

प्रतिक्रिया दिनुहोस्