Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी नागरिकता बोकेका बलिवुडका यी चर्चित सेलिब्रेटी

मुम्बई :   भारतमा जारी लोकसभा निर्वाचनमा सोमबार बलिवुडका सेलिब्रेटीहरुले उत्साहजनक रुपमा भाग लिएको देखियो । तर यसबीचमा बलिवुडका केहि चर्चित सेलिब्रेटीहरु देखिएनन् । वास्तवमा उनीहरुको मतदाता सुचिमा नाम नै नभएको र उनीहरुको विदेशी नागरिकता रहेकोले उनीहरु मतदानमा भाग नलिएका हुन् ।

बलिवुडमा अत्यन्त सफल सेलिब्रेटी जसको विदेशी नागरिकता रहेको छ, यस रिपोर्टमा उनिहरु बारे जानकारी दिने प्रयास गरेका छौं । यस सुचिमा सबैभन्दा अगाडी अभिनेता अक्षयकुमारको नाम आउछ । अक्षयकुमारसँग क्यानाडाको नागरिकता रहेको छ । उनलाई क्यानडा सरकारलेसम्मानस्वरूप नागरिकता दिएको छ ।

त्यस्तै अहिलेकी चर्चित अभिनेत्री आलिया भट्टसँग पनि विदेशी नागरिकता रहेको छ । आलियासँग ब्रिटिश नागरिकता रहेको छ । आलियाकी आमा सोनी राजदान ब्रिटिश भएको र आलियाले पनि ब्रिटिश नागरिकता लिएका कारण उनीसँग भारतीय नागरिकता छैन ।

त्यस्तै अर्की चर्चित अभिनेत्री कट्रिना कैफ पनि ब्रिटिश नागरिक हुन् । उनीसँग ब्रिटिश नागरिकता भएका कारण भारतमा उनलाई मताधिकारको अधिकार रहेको छैन ।

त्यस्तै बलिवुडमा चर्चित अभिनेत्री ज्याक्लिन फर्नानडिस श्रीलंकाकी नागरिक हुन् । मिस श्रीलंकासमेत बनेकी ज्याक्लिनका पिता श्रीलंकाका तामिलियन हुन् भने उनकी आमा मलेसियन हुन् ।

त्यस्तै अर्की अभिनेत्री नरगिस फाकिरसंग अमेरिकाको नागरिकता रहेको छ । उनको जन्म न्युयोर्कमा भएको हो ।यस सुचिमा अभिनेता इमरान खानको नाम पनि सामेल छ । आमिर खानक भान्जा इमरानको अमेरिकी नागरिकता रहेको छ । उनको जन्म नै अमेरिकामा भएको थियो । उनका माता पिताको डिभोर्सपछि इमरान अमेरिका गएका थिए र उनको अमेरिका कै नागरिकता रहेको छ ।

प्रकाशित मिति: May 7, 2019

प्रतिक्रिया दिनुहोस्