Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी : ‘अब कांग्रेस-कम्युनिस्टलाई घोक्रेठ्याक्क लगाउने’

संघीय समाजवादी फोरम र नयाँ शक्तिले आफ्नो एकतासँगै नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी गरेका छन् । दुई दल मिलेर समाजवादी पार्टी नेपाल बनेको छ, जसको घोषणा सभा अहिले चलिरहेको छ ।

सभामा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले नौबेँदे सहमतिमा हस्तक्षर गरेका छन् । ‘यो एकीकरणबाट नेपालमा नयाँ बैकल्पिक राजनीतिक शक्तिको उदय भएको छ ।

संघीयता, सुशासन, समृद्धि र समाजवादाई आधार तत्व मानी अझ वृहत राजनीतिक ध्रुविकरण अत्यावश्यक छ’ सहमति पत्रमा भनिएको छ ।

यसबैबीच नवगठित समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीले नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई सिंहदरबारबाट घोक्रेठ्याक्क लगाउने दाबी गरेका छन् ।

काठमाडौंमा सोमबार फोरम र नयाँ शक्ति पार्टीको एकिकरण घोषणा कार्यक्रममा श्रेष्ठले भने, ‘हाम्रो पार्टीले काँग्रेस-कम्युनिस्टलाई सिंहदरबारबाट घोक्रेठ्याक्क लगाउँछौं ।’

श्रेष्ठले कम्युनिष्ट र काँग्रेसले भनेको भन्दा आफूहरूले फरक समाजवाद अंगाल्ने दाबी गरे । नयाँ पार्टीले समुन्नत संघीय समाजवाद अंगाल्ने उनको भनाइ छ ।

केन्द्रमा संघीय परिषद र केन्द्रीय समिति, प्रदेशमा प्रदेश समिति र राष्ट्रिय समिति तथा स्थानीय तहमा जिल्ला समन्वय समिति, पालिकास्तरीय समिति र वडा समिति रहने श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: May 6, 2019

प्रतिक्रिया दिनुहोस्