Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश नम्बर ५ : सामाजिक विकास मन्त्रालयको आयोजनामा मुख्यमन्त्री रनिङ शिल्ड हुँदै

बुटवल : प्रदेश नम्बर ५ को सामाजिक विकास मन्त्रालयको आयोजनामा मुख्यमन्त्री रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता यहि बैशाख २३ गतेबाट हुने भएको छ । ‘खेलकुदमा युवा सहभागीता प्रदेश र राष्ट्रको समृद्धिमा अग्रता’ भन्ने मूल नाराका साथ रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्न लागिएको सामाजिक विकासमन्त्री सुर्दशन बरालले जानकारी दिए ।

यही बैशाख २३ गतेबाट भलिवल, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, सटपुट गरी विभिन्न ६ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् । यसको तयारी तिब्र पारिएको छ । भलिवलमा कुल २ सय १६ जना, ब्याडमिन्टनमा कुल ४८ जना, दौडमा २४ जना, तेक्वान्दोमा कुल ९६ जना, बुद्धिचालमा कुल १२ जना, सटपुटमा कुल २४ जना गरी कुल ४ सय २० खेलाडीहरुको सहभागीता हुने सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण ज्ञवालीले जानकारी दिए ।

भलिवल बुटवल मण्डपमा, ब्याडमिन्टन बुटवल ब्याडमिन्टन कर्वड हलमा, दौड ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा, तेक्वान्दो रुपन्देही जिल्ला खेलकुद विकास कर्वड हलमा, बुद्धिचाल कालिका मानवज्ञान माविको सभाहलमा र शटपुट ५ नम्बर प्रदेश प्रहरी तालिम केन्द्रमा हुनेछन् ।

१८ देखि ४० बर्ष उमेर समुहका खेलाडीहरुको मात्रै सहभागीता हुने प्रतिस्पार्धामा आठौ राष्ट्रिय खेलकुदमा कुनै पनि पदक प्राप्त गरेका खेलाडीहरुले सहभागीत हुन नपाउने प्रवधान बनाइएको छ ।

यस्तो छ पुरस्कारको राशी

कुल ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको प्रतियोगीतामा भलिवल प्रतियोगीतामा प्रथम ५० हजार, द्धितिय ३० हजार र तृतियले २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।प्रचार प्रसार संयोजक कुमार आलेका अनुसार ब्याडमिन्टनमा प्रथम द्धितिय र तृतियले क्रमशः १५ हजार, १० हजार ५ हजार, दौडमा ५ हजार, ३ हजार २ हजार, चेशमा ५ हजार, ३ हजार, २ हजार पाउनेछन् ।

यस्तै तेक्वान्दोमा ८ वडा समूह महिला र पुरुषको सहभागीता हुँदैछ । जसमा पनि प्रथम ले ५ हजार, द्धितियले ३ हजार र तृतियले २ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
खेलाडीहरुलाई प्रतिदिन १२ सय रुपैयाँ भत्ताको समेत व्यवस्थापन गरिएको छ । मौसम प्रतिकुल भएको कारण अनुकुल समयमा मात्रै खेलकुदका कार्यक्रमहरु सञ्चालनन गरिने गरी कार्यतालियका चयन गरिने रुपन्देही जिल्ला खेलकुद विकास संघका अध्यो योग गुरुङ्गले जानकारी दिए ।

प्रकाशित मिति: May 2, 2019

प्रतिक्रिया दिनुहोस्