Logo
१५ बैशाख २०८१, शनिबार
(April 28, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपेन्द्र यादवद्वारा रामराजाप्रसाद सिहं स्वास्थ बिज्ञान प्रतिस्ठानको शिलान्यास, विकासमा फड्को

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश २ को सप्तरी जिल्ला स्थित रामराजा प्रसाद सिहं स्वास्थ बिज्ञान प्रतिस्ठानको भवन शिलान्यास गरेका छन् । आइतबार एक ओपचारिक कार्यक्रमबीच स्वास्थ्यमन्त्री यादवले शिलान्यास गरेका हुन् ।

केहि महिनाअघि मन्त्रिपरिषद्को बैठकले सप्तरीमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नं २ स्तरिय स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थानार्थ प्रस्ताव पेश गरेको थियो।

प्रतिष्ठान स्थापना चिकित्सा शास्त्र अध्ययन गर्न चाहनेका लागि अवसर र प्रदेश भरीका बिरामीहरुले उपचार सुविधा प्राप्त हुने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ र आफ्नै गाउँमा स्वास्थ्य सेवा सविधाका साथै रोजगारीका अवसर प्राप्त हुने मन्त्रालयको दावी छ ।

‘विकासको दृष्टिकोणमा पछि परेको सप्तरी जिल्ला प्रतिष्ठान स्थापनासँगै बिकासमा फड्को मार्न सघाउ पुग्ने, र यस भेगका स्थानीयले स्वस्थ्य सेवा सुविधा पाउनुका साथै छिमेकी मुलुक भारतका जनताले पनि सेवा प्राप्त गर्न सक्ने मन्त्रालयको भनाई रहेको छ।

प्रकाशित मिति: Apr 28, 2019

प्रतिक्रिया दिनुहोस्