Logo
१५ बैशाख २०८१, शनिबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पथरीमा आपराधिक घटना बढ्दै, प्रदेश सांसदले गराए सरकारको ध्यानाकर्षण

विराटनगर : प्रदेश १ को प्रमुख प्रतिपक्ष दलका सांसदले मोरङको पथरी आसपासको क्षेत्रमा श्रृङ्खलाबद्ध रुपमा आपराधिक घटना बढ्दै गएको बताएका छनु ।

प्रदेशसभाको बिहीबारको बैठकको विशेष समयमा कांग्रेसका सचेतक सूयर्माराज राईले पथरी, कानेपोखरीआसपासको क्षेत्रमा निर्धक्क हिँडडुल गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

पथरी र आसपासको क्षेत्रमा लास भेटिने तर प्रहरीले आत्महत्या र भवितव्य भन्दै पन्छने गरेको आरोपसमेत लगाए । गत शुक्रबार पथरीमा भेटिएको रिना बस्नेतको लास पनि भवितव्य भन्दै प्रहरी पन्छन खोजेको सांसद राईले बताए । पथरीमा रिना बस्नेतको रहस्यमय मृत्युको घटना प्रति सरकार गम्भीर नभएको पनि उनले आरोप लगाए ।

पथरीमा स्थानीय तहका जनप्रतिनिधिको प्रयासमा आन्दोलन केही दिनलाई रोकिएको भए पनि प्रहरीले सत्य तथ्य बाहिर नल्याए झनै ठूलो आन्दोलन हुन सक्ने खतरा राईले औंल्याए ।

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्