Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रिकोण प्रेममा आधारित ‘विर विक्रम २’ को ट्रेलर भयो सार्वजनिक

काठमाडौं :  मिलन चाम्स निर्देशित फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार सुन्धरास्थित सिटिसि मलमा एक कार्यक्रमको आयोजना सहित फिल्मको राजधानीमा आयोजित एक कार्यक्रमका बिच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

‘विर बिक्रम २’ ३ जेठबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिँकिदै गर्दा निर्माण युनिटले प्रचारको लागि ट्रेलर ल्याएको हो । ट्रेलरले दर्शकमा फिल्मको क्रेज बढाउने बिश्वास निर्माण युनिटको रहेको छ । ट्रेलरमा बर्षको माया पाउन पल र नाजिरको हानथाप समेत देख्न सकिन्छ ।

चाम्स इन्टरटेनमेन्ट र लण्डन सिने आईको व्यानरमा निर्माण भएको फिल्मको निर्माता अर्पण सापकोटा हुन् भने रञ्जिता शिवाकोटी सहनिर्माता रहेकी छन् । पल, नाजीर, बुद्धि र बर्षाको अलवा फिल्ममा नाजीर हुसेन, देशभक्त खनाल, मनोज केसी, विनिसा भण्डारी, बुद्धि तामाङ, क्षितिज सुवेदी, बाल कलाकार मनिष लिम्बु, कृजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रदीप भारद्धाजको कथा, पटकथा तथा संवाद, कविराज गहतरातको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्व, रञ्जित गजमेर, ताराप्रकाश लिम्बु र राजनराज शिवाकोटीको संगीत, रहेको फिल्म आफ्ना अघिल्ला फिल्मभन्दा फरक र उत्कृष्ट भएको निर्देशक चाम्सले बताए ।

‘विर विक्रम’ को सिक्वेलको रुपमा यो फिल्म बनेको हो । तर कथा फरक रहेको निर्देशक चाम्सले बताउँदै आएका छन् ।

प्रकाशित मिति: Apr 25, 2019

प्रतिक्रिया दिनुहोस्