Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्युतीय धरापमा परी एकको मृत्यु, शव लुकाउन गाडियो जंगलमा

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ भूपू सैनिकटोलका मीनबहादुर गौतमको विद्युतीय धरापमा पर्दा मृत्यु भएको खुलासा भएको छ । वैशाख १ गतेदेखि हराएका गौतमको खोजतलास गर्दा शव गाडिएको अवस्थामा फेला परेको हो ।

बदेल मार्नका लागि स्थानीय युवा चन्द्रबहादुर थापा, नरबहादुर पुन र उपेन्द्रबहादुर शाहले थापेको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको र मृत्युपछि शव लुकाउन जंगलमा गाडिएको पाइएको प्रहरीले जनाएको छ ।

देवदह नगरपालिका-९ को जंगलमा गौतमको शव फेला परेको हो । स्थानीय रोहणी खोलामा थापिएको विद्युतीय धरापमा परेर गौतमको मृत्यु भएको थियो ।

प्रहरीले विद्युतीय धराप थाप्ने र शव जंगलमा गाड्ने अभियुक्तहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रकाशित मिति: Apr 24, 2019

प्रतिक्रिया दिनुहोस्