Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पत्रकारलाई धम्की दिदै राजपा विद्यार्थी नेता मिश्रले निकालेको विज्ञप्तीको अध्यक्षद्वरा खण्डन

काठमाण्डौ : समाचार लेखेको बिषयमा पत्रकारलाई धम्की दिदै राष्ट्रिय जनता पार्टी नेपाल राजपाका विद्यार्थी संगठनबाट आएको विज्ञप्तीको खण्डन गरिएको छ । महासचिव रोशन मिश्रले जारी गरेको विज्ञपतीलाई सोही संगठनका अध्यक्ष किशोर यादव केसीले खण्डन गरेका हुन् । ‘पत्रकारलाई गालीगलौज गर्दै निकालेको प्रेस बिज्ञप्तीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । प्रकाशन गरिएको उक्त बिज्ञप्तीमा प्रयोग भएका शब्दहरुप्रति हामी दुःखित छौं ।’ यादवले निकालेको विज्ञप्तीमा भनिएको छ ‘

कुनै पनि समाचार संचार माध्यममा प्रकाशन/प्रशारण हुँदा चित्त नबुझेमा कानुनी प्रकृया अनुसार जानुपर्नेमा राष्ट्रिय विद्यार्थी संघ सहमत रहेको जानकारी गराउँदछौं । राष्ट्रिय विद्यार्थी संघ स्थापनाकालदेखि नै पत्रकारमैत्री र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएको यहाँहरुलाई स्मरण नै छ ।’

विज्ञप्तीमा भनिएको छ ‘हामी कुनै पनि बहानामा पत्रकारलाई अप्ठ्यारो पर्ने र प्रेस स्वतन्त्रता हनन हुने किसिमका कामकार्वाही हुन नदिने र कसैले गर्दा पनि त्यसको विपक्षमा उभिदैं आएको पनि स्मरण गराउन चाहन्छौं । पत्रकारहरुले बिभिन्न समयमा गरेको आन्दोलनमा हामीले ऐक्यबद्वता जनाएको यहाँहरुलाई अवगतै हुनुपर्छ ।’

पत्रकारलाई गालीगलौज गर्ने र धम्कीपूर्ण शब्दको प्रयोग गरी बिज्ञप्ती निकाल्ने हाम्रो संगठनको कुनै निर्णय नभएको र यसबारे नेतृत्ववर्गसँग समेत कुनै किसिमको सोधपुछ समेत नगरिएको जानकारी गराउँदछौं । कसैले व्यक्तिगत रीस साँध्न संगठनलाई नै प्रयोग गर्नु दुःखद हो । भन्दै विज्ञप्तीमा भनिएको छ ‘व्यक्तिगत भए संगठनको लेटर प्याड नै प्रयोग गरी मनमानी गर्नु कुनै पनि संगठनका लागि सह्य हुँदैन् । हामी यसबारे पनि छलफल गर्नेछौं । साथै आगामी दिनमा आफ्ना व्यक्तिगत स्वार्थका लागि संगठनको लेटर प्याड प्रयोग नगर्न पनि सचेत गराउँदै यदी कसैले पुनः यस किसिमको गतिविधी गरेको पाइएमा सांगठनिक कार्वाही समेत गरिने जानकारी गराउँदछौं ।’

हेर्नुस् विज्ञप्ती जस्ताको त्यस्तै : 

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्