Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने कानुन निर्माण गर्न डा.भट्टराईको सुझाव

काठमाडौं : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा। बाबुराम भट्टराईले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने कानुन निर्माण गर्न सरकारलाई सुझाव दिएका छन् ।

डा। रुद्र शर्माद्वारा लिखित पुस्तक ‘नेपाल, भारत र अमेरिकामा संघीय विवाद निरुपण’ नामक पुस्तक विमोचनका लागि राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई बलियो बनाउने गरी कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

संयोजक भट्टराईले वित्तीय संघीयता र प्राकृतिक स्रोत, साधनको बाँडफाँटसम्बन्धी विषयमा मूल विवाद रहेकाले त्यसको निरुपणका लागि बहसको माग गरे ।

कार्यक्रममा बोल्दै पूर्व सभामुख दमननाथ ढुंगानाले संघीयता कार्यान्वयनका लागि सरकारले सबै प्रदेशको सन्तुलित विकासमा जोड दिनुपर्ने आवश्यकता औंल्याए । उनले सबै प्रदेशको समुचित विकास गरेर एकीकृत राष्ट्रिय भावनाको विकास गर्नु नेपालको संघीयताको मूल चूरो भएको उल्लेख गर्दै सोही अनुसारको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाव दिए ।

प्रकाशित मिति: Apr 22, 2019

प्रतिक्रिया दिनुहोस्