Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बस बिसौनी निर्माणका लागि सिटिजन्स बैंकद्वारा सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आर्थिक सहयोग

काठमाडौं : सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्ने हेतुले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा समितिका अध्यक्ष विवेक कार्कीले संयुक्त रूपमा उक्त बस बिसौनीको उद्घाटन गरेका छन् ।

सहयोगबाट उक्त क्षेत्रमा बसोवास गर्ने आम नागरिकलाई सहज हुने विश्वास बैंकले लिएको जनाएको छ । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकले स्थापना काल देखिनै सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको कुरा जानकारी दिएका थिए ।

समितिका अध्यक्ष कार्कीले बैंकले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै बैंकको आर्थिक सहयोगमा निर्माण भएको यस बस बिसौनीबाट उक्त क्षेत्रका स्थानियबासी लाभान्वित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्