Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एकता प्रकृया टुङ्ग्याउने अन्तिम गृहकार्यमा नेकपा, महासचिव पौडेल भ्रमण छोट्याएर नेपाल फिर्ता

काठमाडौं : बैशाख ९ गतेभित्रै एकता प्रकृया टुङग्याउने योजनाका साथ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु अन्तिम गृहकार्यमा जुटेका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ गते एकता घोषणा गरेर पार्टीको नाम नेकपा राखेपनि सांगठानिक रुपमा नेकपाको एकता प्रकृयाले पूर्णता पाएको थिएन ।

एकतालाई मुर्तरुप दिनकै लागि अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीन भ्रमणमा गएका महासचिव विष्णु पौडेललाई समेत भ्रमण छोट्याएर वैशाख ५ गते नै स्वदेश फर्काएका छन् । अध्यक्ष ओली र प्रचण्डको निर्देशन अनुसार महासचिव पौडेल बिहीबार साँझ नै काठमाडौँ आइसकेका छन् ।

पूर्व निर्धारित कार्यतालिका अनुसार महासचिव पौडेल वैशाख ७ गतेमात्र स्वदेश फर्कदै थिए । तर अध्यक्षद्वयले भ्रमण छोट्याएर फर्कन टेलिफोन गरेपछि उनी २ दिन अगावै नेपाल फर्किएका हुन् । आरामका लागि बिहीबार बिहान सिन्धुपाल्चोकको सुकुटे पुगेका अध्यक्ष प्रचण्ड शुक्रबार बिहानै काठमाडौँ फर्किएर अर्का अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग बालुवाटारमा छलफल गरेका छन् ।

पोखरा गएका प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि शुक्रबार काठमाडौ फर्कदैछन् । ओली, प्रचण्ड र नेपालबीच सहमति जुटेलगत्तै सचिवालयको बैठक बोलाउने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । ‘शीर्ष नेताहरुबीचको बाक्लो संवाद र छलफलले एकता प्रकृया टुङ्गिने चरणमा पुगेको संकेत गर्छ’ नेकपाका एक सचिवालय सदस्यले भने, ‘सैद्धान्तिक विषयमा लगभग सहमति भैसकेको छ । केही व्यवहारिक कुराहरु मिलाउन बाँकी रहेकाले नेताहरुबीच घनिभुत छलफल भएको हो,’ सम्भवत नौ गते नै एकता प्रकृयाले अन्तिम रुप लिनेछ ।’

दुवै पार्टीबीच पार्टी एकता घोषणा भएको लामो समय बित्दा समेत एकतालाई पुर्णता दिन नसक्दा नेता कार्याकर्ताबाटै पछिल्लो समय नेतृत्वको चर्को आलोचना हुदै आएको थियो । एकता प्रकृयामा भएको ढिलाईप्रति आफ्नै नेता कार्यकर्ताबाट आलोचित बनेको नेकपाको नेतृत्वले पछिल्लो समय दवाव महशुस गर्दै एकताको गृहकार्य तीव्र बनाएको थियो । त्यसैका लागि गत साता अध्यक्षद्वय ओली, प्रचण्ड, महासवि पौडेल र अर्का सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ चन्द्रागिरी पुगेर छलफल गरेका थिए ।

प्रकाशित मिति: Apr 19, 2019

प्रतिक्रिया दिनुहोस्