Logo
१५ बैशाख २०८१, शनिबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बलिउडस्तरमा ‘वीर विक्रम २’ को नयाँ गीत सार्वजनिक (भिडियो सहित)

काठमाडौँ :  “पिरतीको मिठो तिर्सना” को अपार सफलतापछि विर विक्रम २ निर्माण युनिटले आज दोस्रो गीत पनि रिलिज गरेको छ । नयाँ बर्षको उपहारस्वरुप निर्माण टिमले सो गीत रिलिज गरेको हो ।

“बाचा” बोलको उक्त गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको छ । गीतमा ताराकै संगित र सञ्चारकर्मी नरेश भट्टराईको शब्द रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा फिल्म मुख्य कलाकार पल शाह र बर्षा सिवाकोटी रोमाण्टिक अवतारमा देखिएका छन् । उनीहरुको जोडीले दर्शकहरुलाई नयाँपन नै दिएको छ ।

सुदीप बरालले छायांकन गरेको उक्त गीतको भिडियो मेकिङ निकै उत्कृष्ट छ । मिठो गीत , पल र बर्षाको जोडी , राजेन्द्र मोक्तानको कलरिङ र सुन्दर दृश्य यसले भिडियोको मेकिङ बलिउडस्तरको नै देखिएको छ । जुन हेर्दा वाउ नै निस्किन्छ ।

मिलन चाम्सले निर्देशन गरेको यस फिल्ममा नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका छन् । फिल्ममा अपर्ण सापकोटा निर्माताको रुपमा रहेका छन् ।

यो फिल्म यसअघि रिलिज भई सफलताको स्वाद समेत चाखेको वीर विक्रमको सिक्वेल भने होईन । कमेडी, एक्सन, प्रेम, रोमान्स को मिश्रृण रहेको यो फिल्म जेठ ३ मा रिलिज हुँदैछ ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्