Logo
१५ बैशाख २०८१, शनिबार
(April 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को सभा बैठक आज बस्ने, काङ्ग्रेसले अवरोध गर्ने

जनकपुर :  प्रदेश नम्बर २ मा प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । गत चैत २० गते अनिश्चितकालको लागि स्थगित भएको बैठक मंगलवार बस्न लागेको हो ।

आजको प्रदेश सभा बैठकमा प्रदेश सरकारले ८ वटै जिल्लामा जिल्ला प्रशासक राख्ने प्रदेश प्रशासन सम्बन्धी विधेयक दर्ता गर्नेछन् । यसअघिका दुई वटा सदनमा प्रदेश २ मा १६ वटा विधेयक पारित भएको छ । प्रदेश सभा बैठक ३ बजेको लागि बोलाईएको प्रदेश सभा सचिव रञ्जित कुमार यादवले बताए ।

यता सभामुख सरोज कुमार यादवले १ महिनासम्मको लागि विदा लिएर बसेका छन् । प्रदेश सभाको बैठक उपसभामुख उपमा देवले सञ्चालन गर्ने उनले बताए ।

त्यस्तै, नेपाली काङ्ग्रेसले भने वीरगञ्ज स्थितको वीपी उद्यानको बिषयलाई लिएर सदन अवरोध गर्ने भएको छ । काङग्रेसका सचेतक शिवचन्द्र चौधरीले मुख्यमन्त्री लालबाबु राउतले जवाफ नदिए सदनलाई चल्न नदिने जनाएको छ । काङग्रेसले वीरगञ्जको वीपी उद्यान, जनता आवास, प्रादेशिक क्षेत्रमा १ करोड विकास बजेट लगाएतको विषयमा सदन घेराउ गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: Apr 16, 2019

प्रतिक्रिया दिनुहोस्