Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरेलु उपचार : प्याजकोे बोक्राको हेर्नुहोस् अनेकौँ लाभकारी फाइदा

काठमाडौँ :  हामीले दैनिकजसो भान्सामा प्रयोग गर्ने प्याजको बोक्रालाई अनावश्यक फोहोर भनेर फाल्ने गरेका छौँ । तर यसको प्रयोग गर्न जान्यो भने निकै उपयोगी रहेको छ ।

हेयर कन्डिसनको रुपमा :  प्याजको बोक्रालाई हेयर कन्डिसनको रुपमा प्रयोग गर्न सकिन्छ त्यसको लागि कपाललाई राम्ररी सफा गर्ने र प्याजको बोक्रालाई भिजाएर राखेको पानीले कही समयपछि नुहाएको कपालमा प्याजको बोक्रा राखेको पानीले धुने । यसो गर्दा कपाल नरम हुनुको साथै चम्किलो पनि हुन्छ ।

कोलेस्ट्रोल कम गर्न सहयोगी :  प्याजको बोक्राले शरिरको कोलेस्टेरोलको स्तरलाई कम गर्छ । रातभरि पानीमा राखेर प्याजको बोक्रालाई भिजाउने र त्यो पानीलाई दैनिक पिउने । दैनिक यसो गर्दा कोलेस्टेरोल कम गर्न सकिन्छ । यदि कोही व्यक्तिलाई प्याजकोे गन्ध मन नपर्ने पनि हुन्छ त्यस्तो अवस्थामा पानीमा चिनी वा मह राखेर पनि पिउन सकिन्छ ।

पेटको संक्रमणबाट बचाउ :  प्याजको बोक्रामा पाइने एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणले पेटमा भएको विभिन्न किसिमका संक्रमणलाई कम गर्छ । प्याजको बोक्रालाई पानीमा भिजाउने पिउने । दैनिक रुपमा यसरी पिउने गर्दा पेटको संक्रमणबाट चाडै राहत मिल्छ ।

क्यान्सरबाट बचाउ :  एन्टी अक्सिडेन्टको मात्रा प्याजको बोक्रामा अत्याधिक हुन्छ । यसमा इन्फ्लामेटरी गुण पनि हुन्छ । साथै प्याजमा पाइने क्वेरसेटिन नामको एन्जाइमले क्यान्सर कोसिकालाई बढ्न दिँदैन् । त्यसैले प्याजको बोक्राबाट चिया बनाएर दैनिक सेवनत गर्न सकिन्छ ।

एन्टी इन्फ्लामेटरी गुण :  छालामा भएका विभिन्न प्रकारका एलर्जीलाई पनि प्याजको बोक्राले निको पार्छ । त्यसकाले लागि प्याजको बोक्रा र पानीको प्रयोग गर्नुपर्छ । प्याजको बोक्रालाई रातभरि पानीमा भिजाउने । त्यो पानीलाई बिहानै आफ्नो छालामा लगाउने ।

किरा, लामखुट्टेबाट राहत :  यदि लामखुट्टे किरा फट्याङ्ग्राले तपाईको घरमा सताईरहेको छ भने प्याजका बोक्रालाई प्रयोग गर्न सकिन्छ । त्यसको लागि रातभरि प्याजको बोक्रालाई पानीमा भिजाउने र झ्याल ढोका नजिकै राख्ने । यसो गर्दा त्यसको गन्धले लामखुट्टे किरा फट्याङ्ग्रा घरमा आउँदैन् ।

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्