Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शाहरुख खानले ५ वर्षमा एउटा पनि हिट दिन नसक्नुको कारण यस्तो छ – भन्छन् केआरके

मुम्बई :  बलिउडमा जब कुनै हिट हुन्छ तब हरेकले त्यसको तारिफ गर्छन् तर जब कोही कलाकार फ्लप हुन्छन् तब उनलाई सल्लाह दिनेको संख्या पनि कम हुँदैन । पछिल्ला केही वर्षमा शाहरुख खानको फिल्मले बक्स अफिसमा खासै उत्साहजनक व्यापार गर्न सकेको छैन । यद्यपि, उनले निर्माण गरेका फिल्मले राम्रो कमाई गरिरहेका छन् ।

यस्तोमा बलिउड नायक एवं निर्माता कमाल आर खान (केआरके)ले शाहरुखको फिल्म नचल्नुको कारणबारे जानकारी दिएका छन् । केआरकेले ट्वीटरमा शाहरुख खानले पछिल्लो ५ वर्षमा एउटा पनि हिट दिन नसक्नुको कारण सोधेका छन् र जवाफ पनि उनी आफैंले दिएका छन् ।

ट्वीटरमा उनले शाहरुख बारे केही प्रश्न सोध्दै केआरकेले लेखेका छन्, ‘के एसआरके एक ठूला स्टार हुन ?  हुन्… के शाहरुख खान राम्रा कलाकार हुन् ? हुन्… के शाहरुख राम्रा व्यापारी हुन् ?  हुन् … के शाहरुखलाई लाग्छ कि राम्रो फिल्म बनाउनका लागि उनलाइ सबैकुरा थाहा छ, छैन !  र यही त समस्या हो ।’

प्रकाशित मिति: Apr 15, 2019

प्रतिक्रिया दिनुहोस्