Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुदी भन्दा बोक्रा धेरै फाइदा, हेर्नहोस् केराको बोक्राबाट गर्न सकिन्छ यस्ता चमत्कारीक उपचार

काठमाडौँ :  पोषक तत्वले भरिपूर्ण रहेको केरा स्वास्थ्यको लागि निकै फाइदाजनक रहेको हुन्छ । फलफुल मध्ये निकै लोकप्रिय रहेको केरा बिहान एउटा मात्रै खानाले दिनभर शरिर स्वास्थ र फुर्तिलो हुन्छ । केरालाई फाइबर र सुगरको राम्रो स्रोतको रुपमा लिइन्छ ।

आज हामी तपाईहरुलाई केराको बोक्राबाट हुने फाइदाहरुको बारेमा बताउन गइरहेका छौँ । जसको बारेमा थाहा पाएपछि केराको बोक्रालाई कहिल्यै खेर फाल्नु हुने छैन ।

गाँठोगुठ्ठिलाई हटाउनको लागि :  केराको बोक्रालाई शरिरमा आएको अनावश्यक गाँठागुठ्ठी हटाउनको लागि प्रयोग गर्न सकिन्छ । अझ केराको कालो रंगको बोक्रा समस्या भएको ठाउँमा सुत्नुभन्दा अगाडी बाधेर राख्ने । यसरी करिब तीन हप्ता सम्म लगातार यी उपाय अपनाउनाले शरिरमा भएका गाँठागुठी स्वत हराउँदै जान्छ ।

डिप्रेशनको उपचार :  डिप्रेशनको समस्या भएका व्यक्तिहरुको लागि केराको बोक्रा निकै उपयोगी हुन्छ । केराको बोक्रामा पाइने ट्रिप्टोफन नामक केमिकल्सले हाम्रो शरिरमा सेरोटोनिन हार्मोनलाई सामान्य बनाउँछ । त्यसकारण केराको बोक्राले यो हर्मोनलाई हटाउन मद्दत गर्छ ।

टाउको दुख्ने समस्याबाट छुट्कारा दिलाउँछ :  यदि तपाई टाउको दुख्ने समस्याबाट पिडित हुनुहुन्छ भने केराको बोक्रालाई पीसेर पेस्ट बनाएर करिब १५ मिनेटसम्म टाउकोमा राखेर सुत्ने यसो गर्दा टाउको दुख्ने समस्या हटेर जान्छ ।

प्रकाशित मिति: Apr 12, 2019

प्रतिक्रिया दिनुहोस्