Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आइपिएल : मुम्बईले पन्जावलाई ३ विकेटले हरायो

एजेन्सी :  मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको तेस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा मुम्बईले किंग्स इलाभेन पन्जाबलाई ३ विकेटले हरायो ।

वान्खडे क्रिकेट स्टेडियममा पन्जाबले दिएको एक सय ९८ रनको लक्ष्य मुम्बईले २० ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईको जितमा कप्तान केइरन पोलार्डले अर्धशतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका पोलार्डले ८३ रन बनाएका थिए । क्विनटन डी ककले २४, सुर्य कुमार यादवले २१, हार्दिक पाण्डया १९ रन, सिद्धेश लाड र अल्जारी जोसेफले समान १५-१५ रन बनाए । बलिङमा पन्जाबका मोहमद सामीले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धाीरत २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो । पन्जाबका लागि लोकेश राहुलले शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । ओपनर राहुलले अविजित १ सय रन बनाए । क्रिस गेलले अर्धशतकीय इनिङ खेले । गेलले ६३ रन बनाएका थिए । बलिङमा मुम्बईका हार्दिक पाण्डयाले २ विकेट लिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको मुम्बईले ६ खेलबाट ८ अंक बनाएको छ । सात खेलंबाट ८ अंकनै बनाएको पन्जाव चौथो स्थानमा छ ।

प्रकाशित मिति: Apr 11, 2019

प्रतिक्रिया दिनुहोस्