Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दैनिक एक पेग रक्सी पनि स्वास्थ्यका लागि हानिकारक

हल्का वा मध्यम स्तरमा गरिने मध्यपानले पनि रक्तचाप बढाउने र यसले गर्दा स्ट्रोकको जोखिम बढ्ने देखिएको छ । द ल्यान्सेट जर्नलमा प्रकाशित बृहत जेनेटिक अध्ययन अनुसार दिनमा १- २ ग्लास रक्सी पिउँदा पनि स्ट्रोकको जोखिम बढ्ने उल्लेख गरिएको छ ।

यसअघि दिनको १- २ ग्लास रक्सी पिउनु खतरायुक्त नरहेको बताइने गरेको थियो । बेलायत र चीनका अनुसन्धानकर्ताले चीनका ५ लाख मानिसमाथि १० वर्ष लगाएर अध्ययन गरेका हुन् ।

अनुसन्धानको निष्कर्ष सबैमा लागु हुने अनुसन्धानकर्ताले बताएका छन् । रक्सीको प्रयोगलाई सीमित गरिनु पर्नेमा विज्ञले जोड दिएका छन् ।  अध्याधिक मात्रामा हुने मध्यपान स्वास्थ्यका लागि हानिकारक हुने र यसले स्ट्रोकको जोखिम उच्च हुने यसअघि नै थाहा थियो । तर सीमित मात्रा गरिने मध्यपान पनि जोखिमयुक्त देखिएको यो पहिलो बृहत अध्ययन हो ।

यसअघि केही अनुसन्धानमा सीमित मात्रा गरिने मध्यपान स्वास्थ्यका लागि उपयुक्त हुने बताउने गरेका थिए भने केहीले रक्सीको सुरक्षित तह नरहेको बताउने गरेका थिए । अक्सफोर्ड विश्वविद्यालय, पेकिङ्ग विश्वविद्यालय र चाइनिज एकेडेमी अफ मेडिकल साइन्सका अनुसन्धानकर्ताले गरेको अध्ययनबाट दिनको १- २ पेग (गिलास) रक्सी पिउने व्यक्तिमा स्ट्रोकको जोखिम १०-१५ प्रतिशतले बढ्ने देखिएको छ ।

यस्तै दिनको ४ पेग रक्सी पिउने व्यक्तिमा स्ट्रोकको जोखिम ३५ प्रतिशत भन्दा बढिले बढ्द छ । १ पेगको अर्थ यो अनुसन्धानमा सानो गिलासमा भरि रक्सी वा एक बोतल बियर वा स्प्रिटको सिंगल मेजर रहेको छ । अनुसन्धानको क्रममा थोरै वा मध्यम स्तरमा गरिने मध्यपानले स्ट्रोकको जोखिम घटाउने कुनै संकेत फेला नपरेको अनुसन्धानमा संलग्न प्राध्यापक डेविड स्पिगेल्हाल्टरले बताएका छन् ।

प्रकाशित मिति: Apr 9, 2019

प्रतिक्रिया दिनुहोस्