Logo
|| April 9, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

धार्मिक परम्परा अनुसरण गर्दा बालकले गुमायो ज्यान

गौशाला : महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिकामा गए राति इस्लाम धर्मको परम्पराअनुसार काम गर्दा एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लोहारपट्टि नगरपालिका-५ बस्ने आशिक शेषका दुई महिने छोरा फिरोज शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । इस्लाम धर्मअनुसार बालक शेषको गए राति खतना (लिङ्गको टुप्पो माथिको बाहिरी मासु काटिने काम) गरिएको थियो । यस क्रममा उनको अत्यधिक रक्तस्राव भएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

परिवारजनले धर्म गुरुहरु, आफन्त, इष्टमित्र र नाता कुटुम्बलाई बोलाई बाजागाजाका साथ पूजाआजा र भोजभतेर गरी खतना गर्दा रक्तस्राव नरोकिएपछि उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे विशेष अनुसन्धान गर्न तथा सम्बन्धित व्यक्तिलाई पक्राउ गरी ल्याउन जिल्ला प्रहरी कार्यालयले टोली पठाएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

प्रकाशित मिति: २६ चैत्र २०७५, मंगलवार १०:२६

प्रतिक्रिया दिनुहोस्