Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘अमेरिकन बाबु मेड इन नेपाल’ प्रदर्शन अगाडि युट्युवमा

काठमाडौं : करोडौं लगानी भएको फिल्म हलमा रिलिजको लागि पनि ठुलै एक्सरसाइज गर्नुपर्छ ।

सायद त्यसैले केही निर्माताले फिल्म हलमा रिलिज नगरी सिधै युट्युवमा ल्याउने गर्दछन् । यस्तै भएको छ चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’को हकमा पनि । अभिनेत्री नन्दिता केसी अभिनित फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै युट्युवमा आएको छ ।

अमेरिका र क्यानडामा प्रदर्शन भएको यो फिल्म शुक्रबारबाट युट्युवमा लइाइएको हो । वितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै युट्युवबाट रिलिज गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए । फिल्ममा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती , प्रियंका आएर, रघु गिरि, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ ।

राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतीले निलेर फिल्म निर्माण गरेका हुन् ।

प्रकाशित मिति: Apr 6, 2019

प्रतिक्रिया दिनुहोस्