Logo
१५ बैशाख २०८१, शनिबार
(April 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हजार दिनका आमा र बच्चा भएको घरमा पहेँलो झण्डा

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका-३ का अधिकांश घरको छाना तथा घर नजिकैको आँगनमा झण्डा गाडिएका छन् । गाउँपालिकाको सहयोगमा प्रस्तावित श्रीपुर स्वास्थ्यचौकीको पहलमा स्थानीयवासी घरमा झण्डा गाडिएको हो । सुनौलो हजार दिनका आमा र बच्चा भएको घरमा झण्डा गाडिएको अहेव मोहन कलौनीले बताए ।

गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने भएकाले उनीहरुलाई सेवा प्रदानमा सहज होस् भनेर झण्डा गाडिएको अहेव कलौनीले बताए । वडामा रहेका गर्भवती महिलाका घरमा पहेँलो र दुई वर्षमुनिका बालबालिका भएका घरमा हरियो झण्डा गाडिएको उनले बताए ।

झण्डा गाडिएका घरमा स्वास्थ्य र पोषणका कार्यक्रम केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको कुरा सबैलाई जानकारी दिन पनि सजिलो भएको अहेव कलौनीले बताए । वडाभरिका सुनौलो हजार दिनका आमा र बच्चा कोही पनि कुपोषित नहोऊन् र उनीहरुको पोषणमा पहुँच पु¥याउन सजिलो होस् भन्ने हेतुले झण्डाले घर चिनाएको उनको भनाइ छ ।

घरको छानामा झण्डा राखेदेखि स्वास्थ्यकर्मीले समेत नियमितरूपमा गर्भजाँच गराए/नगराएको बारेमा, पोषिलो खानेकुरालगायतका विषयमा सोध्ने गरेको स्थानीयवासी सीता पार्कीले बताए । हरियो र पहेँलो झण्डाले चिनाएका घरमा पोषणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भएको छ ।

प्रकाशित मिति: Apr 5, 2019

प्रतिक्रिया दिनुहोस्