Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘पूर्व-तराई मिसन’ : पुर्वराजा ज्ञानेन्द्रलाई राजतन्त्रमा बोल्न विशेष आग्रह

काठमाडौं :  पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ ।

यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन् । उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन् । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो ।

भेटका क्रममा अधिकांस नेताले हिन्दुराज्य र राजतन्त्रको विषयमा आफ्नो धारणा राखेका थिए । ‘भेटका क्रममा सबैले पुर्वराजाका हैसियतले राजतन्त्रको विषयमा बोल्नुपर्ने धारणा राखेका थिए ।

उनले करिब ४० जना भन्दा बढीलाई भेटेको बताइन्छ । सबैको कुरा सुनेपछि आफ्नो छोटो धारणा राखेको उक्त गोप्य र सामुहिक भेटमा निजी सचिव सागर तिमल्सिना समेत थिए ।

प्रकाशित मिति: Apr 4, 2019

प्रतिक्रिया दिनुहोस्