Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

माछापुच्छ्रे बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं : माछापुच्छ्रे बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बिमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बिमा योजनाहरु बिक्री गर्नेछ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले सार्वाधिक बिमा योजना, डबल सावधिक बिमा योजना र लगानी फिर्ता बिमा योजना सार्वजनिक गर्दै माघ २७ गतेबाट कारोबार प्रारम्भ गरेको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले हाल सम्म २३ वटा शाखा तथा उपशाखा सञ्चालनको तयारी गरिसकेको छ ।

सम्झौतामा माछापुच्छ्र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत रामश्वर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: Apr 3, 2019

प्रतिक्रिया दिनुहोस्