Logo
१५ बैशाख २०८१, शनिबार
(March 27, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सडकमा ‘ब्रुमर’ घुम्न थालेपछि टिलिक्क टल्किने भयो काठमाडौं सहर

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाभित्रका सडक अब टिलिक्क टल्किने भएका छन् । आधुनिक प्रविधियुक्त ‘ब्रुमुर’ बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाडौंँ धूलोमुक्त हुने भएको हो ।

यो अभियानसँगै काठमाडौँ धूलोमुक्त हुने भयो काठमाडौं, सडकमा घुम्न थाले ‘ब्रुमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ । धूलो र धुवाँले महानगरबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै यहाँको सम्पदामै असर पुगेको थियो । महानगरपालिका क्षेत्रभित्रका सडक धुलोमुक्त बनाउने अभियानको सुरूवात मङ्गलबार काडमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गरे ।

“हेर्दा सानो तर यसलाई ठूलो बनाउन युद्ध जितेजस्तै गाह्रो भयो,” अभियानको सुरूवात गर्दै उनले थपे, “उजुरी, विरोध, शंका उपशंकाका कारणले ब्रुमुर आउनै २ वर्ष लाग्यो ।”

ब्रुमुर चिल्लो सडकमा मात्र धूलो उठाउने मेसिन भएकाले सडक विभाग, मेलम्ची खानेपानी आयोजनालाई भत्केका, भत्काइएका खाल्डाखुल्डी तत्काल पुरिदिन उनले आग्रह गरे ।

प्रकाशित मिति: Mar 27, 2019

प्रतिक्रिया दिनुहोस्