Logo
१५ बैशाख २०८१, शनिबार
(March 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै जीउमा आगो लगाएर मुखियाले गरे आत्महत्या

सांकेतिक तस्विर

महोत्तरी :  महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-५ कञ्चनपुरमा आफ्नै जीउमा आगो लगाएका एक पुरुषको गए राति उपचारको क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा रामगोपालपुर-५ कञ्चनपुरका ६० वर्षीय सूर्यदेव मुखिया रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।

शनिबार दिउँसो घरमा कोही नभएको बेला शरीरभरि कपडा बेरी मट्टितेल छर्केर आफैँले आगो लगाएका मुखियाको अवस्था गम्भीर भएपछि परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेका थिए ।

उनको उपचारकै क्रममा मृत्यु भएको थियो । मुखिया के-कति कारणले आफैले जीउमा आगो लगाए भन्नेबारे प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: Mar 24, 2019

प्रतिक्रिया दिनुहोस्