Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केरामा देखिएको रोगको पहिचान गर्न बोट र माटोको नमूना संकलन

चितवन : चितवनमा व्यवसायिक रूपमा लगाइएको केरा खेतीमा गुभो कुहिने, थाम फाट्ने, केराको बोट मर्ने र ओइलाउन थालेपछि केरामा लागेका रोग, किरा र माटोमा देखिएको समस्या पहिचान गर्नका लागि बोट र माटोको नमुना संकलन गरिएको छ ।

विगत एक दुई बर्षदेखि केरामा यस्तो समस्या देखिएको चितवन केरा उत्पादक संघका अध्यक्ष घननाथ महतोले बताए । संघले पटकपटक केरामा देखिएको रोगको पहिचान गरिदिन विभिन्न सरकारी निकायमा अनुरोध गर्दै आएको थियो । नेपाल कृषि अनुसन्धान परिषद् नार्क, राष्ट्रिय फलफुल विकास केन्द्र, बाली संरक्षण प्रयोगशाला, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केरा जोन चितवन र कृषि ज्ञान केन्द्र चितवनको संयुक्त टोलीले स्थलगत निरीक्षण गरी केरामा देखिएको रोगको नमुना संकलन गरेको हो ।

कालिका, रत्ननगर र खैरहनी नगरपालिकाका विभिन्न स्थानबाट टोलीले रोग, किरा र माटोको नमुना संकलन गरेको छ । माटो, किरा र बोटको १२/१२ वटा नमूना संकलन गरिएको छ । संकलन गरिएका नमूना नार्क अन्र्तगतको बाली रोग विज्ञान महाशाखाको प्रयोगशाला, बाली संरक्षण प्रयोगशाला र माटो परीक्षण प्रयोगशाला ललितपुर पठाईएको केरा जोन चितवनका कृषि अधिकृत इन्द्रशर्मा ढुंगानाले जानकारी दिए । उनका अनुसार केरामा देखिएको समस्याका पहिचान भएर दुई हप्तामा भित्रमा नै नतिजा आउने बताए । २२ वर्ष अघिदेखि जिल्लामा व्यावसायिक केरा खेति हुँदै आएको छ ।

प्रकाशित मिति: Mar 23, 2019

प्रतिक्रिया दिनुहोस्